५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकाविरुद्ध सानदार जित निकाल्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो ।

नेपाललाई फराकिलो जित दिलाउन रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे ।

यससँगै अब सेमिफाइनलमा नेपालले भारत प्रतिद्वन्दी पाएको छ ।

समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुने छ ।

बंगलादेश र भुटानले पहिलो सेमिफाइनलमा खेल्नेछन् । पहिलो सेमिफाइनल खेल आइतबार दिउँसो साढे १ बजे हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच सोही दिन साँझ साढे ६ बजे सुरु हुनेछ ।