८ कार्तिक २०८१, बिहीबार
,
Latest
कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार



अ+ अ-

काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै आक्रोशित रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको हो ।

रविलाई अदालत लग्दा कार्यकर्ताहरु ले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै आक्रोशित उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न बल प्रयोग गरेको हो ।

अहिले पनि पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् ।