४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोड्ने सिकन्दर रजा ?



अ+ अ-

एजेन्सी । जिम्बाब्वेले गाम्बियाविरुद्ध इतिहास रच्यो । गाम्बियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा जिम्बाब्वेले सर्वाधिक रनको कीर्तिमान बनाएको छ ।

जिम्बाब्वेले २० ओभरमा ३ सय ४४ रन बनाएको थियो । जिम्बाब्वेका कप्तान सिकन्दर रजाले ३३ बलमा शतक बनाएर रोहित शर्माको कीर्तिमान तोडेका छन् ।

यससँगै जिम्बाब्वेले गाम्बियालाई कीर्तिमानी २९० रनले पराजित गरेको छ । सिकन्दर रजाले कुनै पनि टेष्ट खेल्ने राष्ट्रका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाए । सिकन्दर रजाले ४३ बलमा अविजित १३३ रन बनाए ।

उनले आफ्नो पारीमा ७ चौका र १५ छक्का प्रहार गरे । यसरी सिकन्दर रजाले रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोडे । रोहित शर्मा र डेभिड मिलरले ३५ बलमा शतक बनाउने कीर्तिमान हासिल गरेका थिए ।

सिकन्दर रजाको कथा कुनै फिल्मको कथा भन्दा कम छैन । उनी पाकिस्तानमा जन्मेका थिए, तर स्कटल्याण्डमा सफ्टवेयर इन्जिनियरिङ पढेका थिए । यसअघि सिकन्दर रजाको प्रारम्भिक शिक्षा पाकिस्तान एयर फोर्स पब्लिक स्कूलमा भएको थियो ।

उनी पाइलट बन्न चाहन्थे, तर दृष्टि परीक्षण पास गर्न सकेनन् । सिकन्दर रजाको परिवार सन् २००२ मा जिम्बाब्वे सर्यो तर उनी अध्ययनका लागि स्कटल्याण्ड गए ।

स्कटल्याण्डको ग्लासगो क्यालेडोनियन विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङमा डिग्री लिए । क्रिकेट पनि खेलिरहे । सिकन्दर रजा विश्वकप २०११ को सम्भावित टोलीमा छनोट भए पनि अन्तिम १५ खेलाडीमा स्थान पाउन सकेनन् ।

सिकन्दर रजाले २०१३ मा जिम्बाब्वेका लागि तीनवटै फर्म्याटमा डेब्यु गरेका थिए । हाल उनी जिम्बाब्वे टी–२० टोलीको कप्तान छन् । हालसम्म १७ टेस्ट म्याचबाहेक सिकन्दर रजाले १४२ ओडीआई र ९५ टी–२० खेलमा जिम्बावेको प्रतिनिधित्व गरिसकेका छन् । यसबाहेक उनी आईपीएलमा पञ्जाब किंग्सको हिस्सा पनि थिए । गत सिजन आईपीएलमा सिकन्दर रजाले २ खेलमा ४३ रन बनाएका थिए ।