८ कार्तिक २०८१, बिहीबार
,
Latest
सरकार विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछः माओवादी खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ रास्वपाबाट भइरहेका गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण यी हुन् संसारका सबैभन्दा खतरनाक ४ ठाउँ, जहाँ जान डराउँछन् मानिस नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई



अ+ अ-

काठमाडौँ । जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा निसमलाई अनुबन्ध गरेको हो।

जनकपुरले सामाजिक सञ्जालमार्फत आज निसमलाई अनुबन्ध गरेको जानकारी गराएको छ ।

३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी–२० आई खेलेका छन् ।

निसमको आगमनपछि टोलि उत्साहित बनेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।