७ कार्तिक २०८१, बुधबार
,
Latest
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता सरकारले कोप—२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने रास्वपाले विधिको शासनको अवमूल्यन गर्‍यो – कांग्रेस ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनीः प्रधानमन्त्री ओली शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन – पूर्णपाठ जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै



अ+ अ-

एजेन्सी । माइकोप्लाज्मा निमोनियाका बिरामीहरु जापानमा वृद्धि भएको छ ।

ब्याक्टेरियाबाट हुने श्वासप्रश्वासको रोग जापानमा लगातार तेस्रो हप्तामा उच्च रेकर्ड मापन गरिएको हो ।

अक्टोबर १३ सम्मको सात दिनमा राष्ट्रव्यापी लगभग ५ सय चिकित्सा संस्थाहरूद्वारा रिपोर्ट गरिएको केसहरूको औसत संख्या प्रतिसंस्था १.९५ रहको छ । फुकुईमा सबैभन्दा बढी औसत छ, प्रति संस्था सर्वेक्षणमा ५.६७ बिरामीहरू छन् । त्यसपछि आइचीमा ५ र ४.२९ क्योटो छ ।

माइक्रोप्लाज्मा निमोनिया नामक ब्याक्टेरियमबाट हुने श्वासप्रश्वासको संक्रमण हाछ्युँ गर्दा र खोक्दा हावामा निस्कने थोपाबाट सर्छ र ज्वरो, खोकी, थकान र टाउको दुख्ने जस्ता लक्षणहरू निम्त्याउँछ । कतिपय अवस्थामा खोकी धेरै हप्तासम्म रहनसक्छ ।