२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको मुनाफा २३.३६ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा २३.३६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका र सुधारिदै गएको कर्जाको कारण बैंकले प्रोभिजनिङ घटाउदा मुनाफामा सुधार देखिएको हो ।

तीन महिनामा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले तीन महिनामा ४ अर्ब ११ करोड खुद व्याज आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकले ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनाको अवधिमा ५.२३ प्रतिशतले निक्षेपमा सुधार हुँदा कर्जा विस्तार ७.५५ प्रतिशतले भएको छ ।

सर्वाधिक धेरै चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ६८ करोड रुपैयाँ जम्मा भइसकेको छ । प्रतिशयर आम्दानी १६.७४ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ।