२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानविन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य छैनः सत्तापक्ष



अ+ अ-

काठमाडौं । संसदीय छानविन समितिको निर्देशन अनुसार कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउनु राम्रो नभएको सत्तापक्षको भनाई छ ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तापक्षको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक अधिकार नहुने निष्कर्ष निकालेको छ ।

बैठकपछि बोल्दै एमाले महासचिव शंकर पोखरेलले लामिछाने पक्राउ प्रकरणको विषयलाई लिएरफौजदारी अभियोगको छानविन भइरहदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने बताए। ‘छानविन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुन्छ। छानविन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानविन र अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य हुँदैन। फौजदारी अभियोगमा छानविन चलिरहेको बेलामा सडकबाट छानविनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन’, उनले भने ।

सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै उनले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए । र, संसदले नै छानविन गर्न निर्देशन दिएकाले त्यो प्रक्रियालाई सहज रुपमा लिनुपर्ने उनको भनाइ छ।