३१ श्रावण २०८३, आईतवार
,
Latest
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानविन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य छैनः सत्तापक्ष



अ+ अ-

काठमाडौं । संसदीय छानविन समितिको निर्देशन अनुसार कारवाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउनु राम्रो नभएको सत्तापक्षको भनाई छ ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तापक्षको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक अधिकार नहुने निष्कर्ष निकालेको छ ।

बैठकपछि बोल्दै एमाले महासचिव शंकर पोखरेलले लामिछाने पक्राउ प्रकरणको विषयलाई लिएरफौजदारी अभियोगको छानविन भइरहदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने बताए। ‘छानविन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुन्छ। छानविन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानविन र अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य हुँदैन। फौजदारी अभियोगमा छानविन चलिरहेको बेलामा सडकबाट छानविनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन’, उनले भने ।

सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै उनले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए । र, संसदले नै छानविन गर्न निर्देशन दिएकाले त्यो प्रक्रियालाई सहज रुपमा लिनुपर्ने उनको भनाइ छ।