१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकद्वारा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशालाको आयोजना



अ+ अ-

काठमाडौं । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ ।

ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्नेबारेमा छलफल गरेकाे थियाे ।

कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्नेबारे प्रशिक्षण प्राप्त गरेका थिए ।

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखलासमेत प्रस्तुत गरेको थियो ।

सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको बारेमा परिचय गराइएको थियो ।

त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो ।

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन् ।