२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा छविको बयान जारी, बाहिर बचतकर्ताको नाराबाजी



अ+ अ-

रुपन्देही । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका छविलाल जोशीको रुपन्देहीमा बयान सुरू भएको छ ।

गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष जोशीलाई प्रहरीले हिजो पोखराबाट जहाजमा भैरहवा ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले अहिले छविको बयान लिइरहेका छन् ।

भित्र छविको बयान चलिरहँदा सहकारी पीडितहरूले बचत फिर्ताको माग राख्दै बाहिर नारावाजी गरिरहेका छन् । उनीहरुले हाम्रो रगत-पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध जनाईरहेका छन् ।

संरस्दीय छानबिन विशेष समितिले कारवाही सिफारिस गरेपछि असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सोहि प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पनि कास्की प्रहरीको हिरासतमा छन् । जोशीको बयानपछि पोखरामा रहेका रविलाई पनि रुपन्देही ल्याइने प्रहरी स्रोतले बतायो ।