२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा छविको बयान जारी, बाहिर बचतकर्ताको नाराबाजी



अ+ अ-

रुपन्देही । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका छविलाल जोशीको रुपन्देहीमा बयान सुरू भएको छ ।

गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष जोशीलाई प्रहरीले हिजो पोखराबाट जहाजमा भैरहवा ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले अहिले छविको बयान लिइरहेका छन् ।

भित्र छविको बयान चलिरहँदा सहकारी पीडितहरूले बचत फिर्ताको माग राख्दै बाहिर नारावाजी गरिरहेका छन् । उनीहरुले हाम्रो रगत-पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध जनाईरहेका छन् ।

संरस्दीय छानबिन विशेष समितिले कारवाही सिफारिस गरेपछि असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सोहि प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पनि कास्की प्रहरीको हिरासतमा छन् । जोशीको बयानपछि पोखरामा रहेका रविलाई पनि रुपन्देही ल्याइने प्रहरी स्रोतले बतायो ।