५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

चार दिन देखि निरन्तर रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पाँचौ दिनपनि ऐतिहासिक रेकर्ड बनाएको हो ।

सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।