• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

कार्यकारी अध्यक्ष दाहालले केही सचिवालय सदस्यसंग छलफल गर्दै



काठमाडौ । पार्टी भित्र अन्तरकल बढ्दै गएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सचिवालय सदस्यहरु संग छलफल गर्न लाग्नु भएको छ । 

अध्यक्ष दाहालले आफू निकट सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्न १२ बजे बोृबोलाउनु भएको छ । पछिल्लो समय पार्टी भित्र बढेको अन्तरकलह र अध्यक्ष केपी ओली संग भएको सम्वादका बारेमा जानकारी दिनका लागि सचिवालय सदस्यहरुलाई बोलाइृएको दाहाल निकट एक नेताले जानकारी दिनुभयो ।  

आज बिहानअध्यक्षले खुमलटारस्थित निबासमा  नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ्ग संंग पनि छलफल गर्नुभएको थियो । नेवाङ्गले दुई अध्यक्ष बसेर सम्बाद मार्फत नै सहमति खोज्न सुझाब दिएको र दाहालले पनि सहमतिका लागि आफू छलफल गर्न तयार रहेको जानकारी नेम्वाङ्गलाई गराउनु भएको थियो ।