२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची



अ+ अ-

एजेन्सी । भारतको सिक्किम बस्ने ४५ वर्षीया महिलाको पेटबाट १२ वर्षअघि छोडिएको कैंची निकालिएको छ ।

उनका पतिले उक्त कैंची १२ वर्षदेखि पेटमा भएको बताएका छन् । महिलाको २०१२ मा सिक्किमको राजधानी गान्तोकको सर थुटोब नामग्याल मेमोरियल अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । सोहि क्रममा कैचि पेटमै छुटिएको उनले बताए ।

त्यतिबेलै शल्यक्रिया गरेको केही दिनपछि महिलाको फेरि पेट दुख्न थालेको थियो । धेरै चिकित्सकसँग सल्लाह गर्दा पनि दुखाइ नरोकिएको उनीहरुले ८ अक्टोबर २०२४ मा पेटको एक्स-रे गरेका थिए । एक्स-रे गर्दा पेटमा सर्जिकल कैंची रहेको थाह भएको महिलाको श्रीमानले बताए ।फेरि शल्यक्रिया गरी श्रीमती कैंची निकालिएको उनले बताए ।

चिकित्सकको लापरवाहीको खबर फैलिएपछि अस्पतालको चर्को आलोचना भईरहेको छ । अस्पताल प्रशासनमाथि पनि अनुसन्धान सुरु भएको छ ।