काठमाडौं । भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन्।
रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री ओलीलाई भेट्न सेनाध्यक्ष नरवणेबीच प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई जनाबीच शिष्टाचार भेट भएको हो।
सेनाध्यक्ष नरवणे बुधबार नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आइपुगेका हुन्।
उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्।
उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।










