१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै
अ अ+ अ-

गलकोट । बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।

संरक्षण अभियानले तीव्रता पाएपछि शालग्रामको सङ्ख्या बढाएर सवा लाख पुर्‍याइयो । अहिले उक्त सङ्ग्रहालयमा शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने लक्ष्यसहित शालग्राम खोजीलाई पनि तीव्रता दिइएको छ ।

भूमिगत सङ्ग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम सङ्ग्रहालयले लिएको छ ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पुर्‍याउने उद्देश्यअनुसार शालग्राम जुटाउन थालिएको बताउनुभयो ।

“कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्‍याएको थियो ।”

अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्‍याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो । धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँदेखिको योजनाले क्रमश: सफलता पाउँदै गएको उहाँले बताउनुभयो ।

विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटकसमेत आकर्षित हुन थालेका जानकारी दिनुभयो ।

मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएपछि शालग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । शालग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो ।

हिन्दूधर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरु र सनातनीहरुले पनि शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।

सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।

शालग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालग्राम महोत्सव, शालग्रामसम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद शर्माले उल्लेख गर्नुभयो । शालग्राम थप गरेर पाँच लाख पुर्‍याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ ।

भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ । यहाँ सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृतचित्र, प्रदर्शनी कक्षलगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा स–साना तथा तीन सय किलोसम्मका शालग्राम संरक्षण गरी राखिएका छन् । रासस