४ कार्तिक २०८१, आईतवार
,
Latest
रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन… महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची मनाङमा लेक लागेर पर्यटकको मृत्यु कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’ नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरु ल्याउँदैछौँ: उपप्रधानमन्त्री सिंह



अ+ अ-
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताउनुभएको छ ।
आईतवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताउनु भयो । उहाँले शहरी विकास मन्त्रालयले सय दिनमा कुनैपनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै शुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताउनु भयो । उहाँले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमहरुले प्रशारण गर्न कन्जुस्याँई गर्न नहुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले केही भएको छैन, के गरे यिनीहरुले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ । यो शहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरु त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्नेकुरामा काम गरिरहेका छौँ । शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो रु भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि मिडियाले भन्नुपर्‍यो । धरहरा केही समयको लागि नि:शुल्क खुलाएका छौँ नि । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिइरहेका छौँ ।’
उपप्रधानमन्त्री सिंहले धरहरा नि:शुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाउनु भयो ।