• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

नेकपा मुख्यालय धुम्बाराहीमा ५ नेताको छलफल



काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब बिष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठक नभै  पार्टीनेताहरु संग छलफल गर्न लाग्नु भएको बताउनु भएको छ । 

न्यूज पोलार संग कुरा गर्दे महासचिव पौडेलले भन्नुभयो अध्यक्षज्यूले साथीहरु छलफल गर्न लाग्नु भएको होला सचिवालयको बैठक बोलाईएको छैन । पार्टी भित्र अन्तरकल बढ्दै गएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सचिवालय सदस्यहरु संग छलफल  लागि बोलाउनु भएको थियो ।  

छलफलमा अध्यक्ष दाहाल संगै  नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल , बामदेब गौतम  र नारायणकाजी श्रेष्ठ सहभागि हुनहुन्छ । यसै गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिब बिष्णु पौडेल  , उपप्रधानमन्त्री ईश्वर पोखरेल र रक्षामन्त्री रामबहादुर थापा सहभागि हुन भएको छैन ।