२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसन्चो भएको भन्दै अस्पताल भर्ना भए छविलाल जोशी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अस्पतालमा भर्ना गरिएको छ । बिसन्चो भएको भन्दै जोशीलाई पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई अस्पताल बस्न अनुमती दिएका हुन् । ओलिया असोज १४ गते मात्रै सरुवा भएर कास्की पुगेका थिए ।

यसअघि पनि बिसन्चो भएको भन्दै जोशी हिरासत छलेर अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएका थिएनन् । असोज १५ बाट नै उनलाई अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकारीले बताए ।

जोशी ६ असोजमा काठमाडौं शंखमुलबाट पक्राउ परेका थिए । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो ।

सोहि प्रकरणमा गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लैजान लागिएको छ ।