१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसन्चो भएको भन्दै अस्पताल भर्ना भए छविलाल जोशी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अस्पतालमा भर्ना गरिएको छ । बिसन्चो भएको भन्दै जोशीलाई पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई अस्पताल बस्न अनुमती दिएका हुन् । ओलिया असोज १४ गते मात्रै सरुवा भएर कास्की पुगेका थिए ।

यसअघि पनि बिसन्चो भएको भन्दै जोशी हिरासत छलेर अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएका थिएनन् । असोज १५ बाट नै उनलाई अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकारीले बताए ।

जोशी ६ असोजमा काठमाडौं शंखमुलबाट पक्राउ परेका थिए । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको थियो ।

सोहि प्रकरणमा गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लैजान लागिएको छ ।