१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सप्तरीबाट १३ सडक आश्रितको उद्धार

सप्तरीबाट १३ सडक आश्रितको उद्धार
अ अ+ अ-

राजविराज (सप्तरी)।  मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट शुक्रबार १३ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । सोही क्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका– ७ बाट चार, वडा नं ६  बाट तीन  र  वडा नं १ बाट ए गरी आठजना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट पाँच गरी १३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

उद्धार गरिएका ११ पुरुष र दुई महिलालाई शुक्रबार नै मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा पठाइएको छ । यसअघि मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार टोलीलाई सप्तरीको राजविराजमा स्वागत गरिएको थियो ।

राष्ट्रिय उद्वार यात्राको टोली तथा स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार राजविराजमा संयुक्त रूपमा सचेतनामूलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरी नगरपालिकाको प्राङ्गणमा अभियानको उद्देश्यबारे जानकारी गराइएको थियो ।

उक्त अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय उद्धार यात्रीहरूले कोशी प्रदेशमा ४३ को उद्धार गरेका छन् । जसमध्ये झापाबाट १२ जना, सुनसरीबाट १२ मोरङबाट चार र उदयपुरबाट १६ को उद्धार गरिएको हो । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । उद्धार भएकामध्ये १० जनालाई मानवसेवा आश्रम झापा सेवा केन्द्रमा र ३० जनालाई मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा पठाइएको छ । एक जनालाई थप उपचारका लागि मानव सेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडा पठाइएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको समुद्घाटन गर्दै यात्रीहरूलाई बिदाइ गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको थियो ।रासस

उद्धार टोली आज लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरूको उद्धारमा रहने जनाइएको छ ।  रासस