२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राधिका आप्टेले गर्भवती भएको घोषणा गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री राधिका आप्टे आमा बन्न लागेकी छिन् । हालै राधिकाले इन्स्टाग्राममा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जसमा उनी बेबी बम्पसँग देखिएकी छिन् ।

राधिकाका यी तस्विरहरु देखेर फ्यानहरुले उनलाई धेरै धेरै बधाई दिइरहेका छन् । राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् ।

राधिका अक्टोबर १६ मा बीएफआई लण्डन फिल्म फेस्टिभलमा फिल्म ‘सिस्टर मिडनाइट’को स्क्रिनिङमा सहभागी हुन पुगेकी थिइन् ।

जहाँ उनले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा, राधिकाले पहिलो पटक कालो बडीकन ड्रेसमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरेको देखियो ।

राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक तथा गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । दुबैको भेट सन् २०११ मा भएको थियो । करिब एक वर्ष लिभिङ रिलेशनशिपमा रहेपछि दुवैले २०१२ मा विवाह गरेका थिए ।

राधिकाको करियरको कुरा गर्दा उनले ‘शोर इन द सिटी’, ‘भेत्री सेल्वान’, ‘बदलापुर’, ‘मांझी द माउन्टेन म्यान’, ‘फोबिया’, ‘प्याड म्यान’ र ‘अन्धाधुन’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।