३० जेष्ठ २०८३, शनिबार
,
Latest
भेरी अस्पतालको एनआईसीयू  शय्या विस्तार गरिँदै डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राधिका आप्टेले गर्भवती भएको घोषणा गरिन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री राधिका आप्टे आमा बन्न लागेकी छिन् । हालै राधिकाले इन्स्टाग्राममा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जसमा उनी बेबी बम्पसँग देखिएकी छिन् ।

राधिकाका यी तस्विरहरु देखेर फ्यानहरुले उनलाई धेरै धेरै बधाई दिइरहेका छन् । राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् ।

राधिका अक्टोबर १६ मा बीएफआई लण्डन फिल्म फेस्टिभलमा फिल्म ‘सिस्टर मिडनाइट’को स्क्रिनिङमा सहभागी हुन पुगेकी थिइन् ।

जहाँ उनले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा, राधिकाले पहिलो पटक कालो बडीकन ड्रेसमा आफ्नो बेबी बम्प फ्ल्यान्ट गरेको देखियो ।

राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक तथा गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । दुबैको भेट सन् २०११ मा भएको थियो । करिब एक वर्ष लिभिङ रिलेशनशिपमा रहेपछि दुवैले २०१२ मा विवाह गरेका थिए ।

राधिकाको करियरको कुरा गर्दा उनले ‘शोर इन द सिटी’, ‘भेत्री सेल्वान’, ‘बदलापुर’, ‘मांझी द माउन्टेन म्यान’, ‘फोबिया’, ‘प्याड म्यान’ र ‘अन्धाधुन’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।