३० आश्विन २०८१, बुधबार
,
Latest
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति पौडेल सुर्खेतमा सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पौडेल कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौलाविरुद्ध दुईवटा उजुरी ,भवन निर्माणमा अनियमिता गरेको आरोप-उजुरीको पूर्णपाठ रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् : प्रधानमन्त्री ओली प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन: सञ्चारमन्त्री गुरुङ पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ: एमाले समुद्रमा ६६ दिन बिताउनुपर्दा …
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन: सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताउनुभएको छ ।

मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला उहाँले सो अभिव्यक्ति दिनुभएको हो । मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्दमा फस्ने चेतावनी समेत दिनुभयो । बुधवार रेडियो नेपालका दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उहाँले मुलुकलाई अर्को द्वन्दमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिने भन्दा पनि राजनीतिक पार्टीहरुले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मुलुकको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको पनि स्मरण गराउनु भयो । जनप्रतिनिधिहरुको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले पनि संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ रु प्रश्नहरु उठिराखेका छन । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर समानुपातिक हटायो भने हामी अर्को द्वन्दमा जान तयार हुनुपर्दछ । यो कुरा सबैले बुझ्नुपर्दछ । शासन प्रणाली त संसदीय शासन प्रणाली भएपनि, जे भएपनि । कुनै ठाउँमा संसदीय प्रणालीले राम्रो काम गरेको छ, कुनै ठाउँमा राष्ट्रपतिय शासन प्रणालीले राम्रो काम गरेको छ ।

अमेरिकाको इतिहास हेर्ने हो भने राष्ट्रपतीय शासन प्रणाली हो । बेलायतको हेर्ने हो भने संसदीय शासन प्रणाली हो । जे होस, प्रणाली जुनसुकै भएपनि त्यहाँ त्यो प्रणाली ठिक ढंगले चलाउन त्यहाँका पार्टीहरुले, नेताहरुले जान्नुपर्‍यो । हामीले प्रणालीमा दोष दिने होइन, हामीले हाम्रो व्यवहारमा, आचरणमा र शैलीमा दोष खोज्नुपर्दछ । अनि, हामी सुध्रिएर जानु पर्दछ । त्यसकारण यस्तो परिस्थितिमा हामीले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धनको लागि पनि सबैलाई बराबर अधिकार दिएर अघि बढ्नका लागि राष्ट्रिय एकताको प्रवद्र्धन हुन्छ भनेर हामी संघीयतामा गएको हो । देशमा कुनै विभेद, झगडा नहोस् भनेर संघीयतामा मुलुक गएको हो । हामी संघीयतामा जानुको अर्को कारण सरकार जति नजिक भयो, त्यति बढी जनताको सेवा गर्न सक्छ । अनि जनताले पनि आफूले चुनेका प्रतिनिधिहरु आफ्नो नजिकै बसेर काम गर्रिहँदाखेरी उसले सबै चिज उसले गरेको गल्ती, कमजोरी, राम्रो, नराम्रो सबैमा निगरानी राख्न सक्दछ । त्यसकारण जनताको निगरानी जनप्रतिनिधिहरुमाथि बढी हुन्छ यो संघीय शासन प्रणालीमा ।’

मन्त्री गुरुङले देशमा कुनैपनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन पनि संघीयता ल्याउनुपरेको पनि बताउनु भयो ।