१० बैशाख २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीवार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीवार समितिले पुरातत्व विभागको भ्रमण गर्ने जानकारी दिनुभयो । बिहीवार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरुसँग छलफल गरिने दाहालले जानकारी दिनुभयो ।

बैठकले समितिको वार्शिक कार्यतालिकाको समेत समिक्षा गरेको छ । समिक्षामा सहभागि सांसदहरुले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरु अभिलेखको रुपमा नराखिएको समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।