३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच छलफल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले पार्टीका बरिष्ठ नेता माधबकुमार नेपालसंग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भै रहेको छलफलमा नेता नेपालका साथमा नेताहरु भीम रावल ,सुरेन्द्र पाण्डे रघुजी पन्त पनि सहभागी हुनुहुन्छ । 

शनिबार मात्र सचिवालयका पाच सदस्यले ४८ घण्टा भित्र सचिवालयको बैठक बोलाउन लिखित आग्रह गरेको अबस्थामा अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल संग छलफल गर्नुभएको हो ।  बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर बोलाएपछि नेता नेपाल केही नेताहरुको साथमा बालुवाटार पुग्नु भएको हो ।  

शनिबारको बैठकमा पनि नेता नेपाल  प्रधानमन्त्रीको कार्यशैली  माथी प्रश्न उठाउनु भएको थियो । शनिबारको छलफलमा पुष्पकमल दाहालले बोल्दा कडा प्रतिबाद गर्नुभएका अध्यक्ष ओलीले नेपालले प्रश्न उठाउदा भने खासै जवाफ दिनु भएको थिएन ।