२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट खुले सरकारी कार्यालय



अ+ अ-

काठमाडौँ । आजबाट सरकारी कार्यालय खुलेका छन् ।

दशैँको विदा सकिए पनि दशैँ अझै सकिएको छैन । दशैँ मनाउन गाउँ गएकाहरु कर्मथलो भित्रिने क्रम जारी छ । आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सिंहदरबारमा पनि दशैँको बीचमा काठमाडौं उपत्यकामा रहेका र गाउँबाट फर्किसकेका कर्मचारी कार्यथलोमा आइपुगेको देख्न सकिन्छ । यद्यपि काठमाडौं उपत्यकाबाहिर दशैँ मनाउन गएका कर्मचारीहरु पनि दशैँ मनाएर जन्मथलोबाट कर्मथलो आउने क्रम बाक्लो छ ।

सिंहदरबार भित्र संघीय मन्त्रालयका कर्मचारीहरुको उपस्थिति देख्न सकिन्छ । संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले आजबाट सरकारी कार्यालयहरु खुलेको र काठमाडौं उपत्यकामा रहेका कर्मचारीहरु कार्यालय आएको बताउनु भयो । उहाँले दशैँ मनाउने क्रम जारी रहेकाले दशैँ मनाउन गाउँ जानेहरु पनि फर्किने क्रम जारी रहेको बताउनु भयो । उहाँले संसद अधिवेशन नभएको बेलामा पनि संसद सचिवालयले वार्षिक कार्यक्रमहरु अघि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँ मनाइ नै रहेको अवस्था हो अहिले । यद्यपि आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सचिवालयमा पनि अधिकांश कर्मचारीहरु उपस्थित हुनुहुन्छ । केही कर्मचारीहरु बिदामा हुनुहुन्छ । उपत्यकाबाहिर जानुभएका कर्मचारी फर्किंदै हुनुहुन्छ । उपत्यकामा रहनुभएका कर्मचारीहरु सबै उपस्थित नै हुनुहुन्छ । अधिवेशन नभएको बेलामा सचिवालयमा काम नै नहुने भन्ने होइन । समितिको बैठकहरु पनि महत्वपूर्ण हुन्छन् । दशैँ र तिहारको बीचमा विषयगत समितिको बैठक बस्नसक्ने अवस्था पनि छ । मान्य सदस्यहरुको उपस्थिति रहेको खण्डमा समितिको बैठक बस्छ । सचिवालयको वार्षिक कार्यक्रमहरु छन्, ति वार्षिक कार्यक्रमहरु यही खालि समयमा गर्दछौँ । वार्षिक कार्यक्रमहरु अघि बढाइरहेका छौँ ।’

सहसचिव गिरीले दशैँ तिहारको बीचमा संसदीय समितिका बैठकहरु गणपूरक संख्या पुगेको खण्डमा बस्ने जानकारी दिनुभयो ।