१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट खुले सरकारी कार्यालय



अ+ अ-

काठमाडौँ । आजबाट सरकारी कार्यालय खुलेका छन् ।

दशैँको विदा सकिए पनि दशैँ अझै सकिएको छैन । दशैँ मनाउन गाउँ गएकाहरु कर्मथलो भित्रिने क्रम जारी छ । आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सिंहदरबारमा पनि दशैँको बीचमा काठमाडौं उपत्यकामा रहेका र गाउँबाट फर्किसकेका कर्मचारी कार्यथलोमा आइपुगेको देख्न सकिन्छ । यद्यपि काठमाडौं उपत्यकाबाहिर दशैँ मनाउन गएका कर्मचारीहरु पनि दशैँ मनाएर जन्मथलोबाट कर्मथलो आउने क्रम बाक्लो छ ।

सिंहदरबार भित्र संघीय मन्त्रालयका कर्मचारीहरुको उपस्थिति देख्न सकिन्छ । संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले आजबाट सरकारी कार्यालयहरु खुलेको र काठमाडौं उपत्यकामा रहेका कर्मचारीहरु कार्यालय आएको बताउनु भयो । उहाँले दशैँ मनाउने क्रम जारी रहेकाले दशैँ मनाउन गाउँ जानेहरु पनि फर्किने क्रम जारी रहेको बताउनु भयो । उहाँले संसद अधिवेशन नभएको बेलामा पनि संसद सचिवालयले वार्षिक कार्यक्रमहरु अघि बढाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँ मनाइ नै रहेको अवस्था हो अहिले । यद्यपि आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सचिवालयमा पनि अधिकांश कर्मचारीहरु उपस्थित हुनुहुन्छ । केही कर्मचारीहरु बिदामा हुनुहुन्छ । उपत्यकाबाहिर जानुभएका कर्मचारी फर्किंदै हुनुहुन्छ । उपत्यकामा रहनुभएका कर्मचारीहरु सबै उपस्थित नै हुनुहुन्छ । अधिवेशन नभएको बेलामा सचिवालयमा काम नै नहुने भन्ने होइन । समितिको बैठकहरु पनि महत्वपूर्ण हुन्छन् । दशैँ र तिहारको बीचमा विषयगत समितिको बैठक बस्नसक्ने अवस्था पनि छ । मान्य सदस्यहरुको उपस्थिति रहेको खण्डमा समितिको बैठक बस्छ । सचिवालयको वार्षिक कार्यक्रमहरु छन्, ति वार्षिक कार्यक्रमहरु यही खालि समयमा गर्दछौँ । वार्षिक कार्यक्रमहरु अघि बढाइरहेका छौँ ।’

सहसचिव गिरीले दशैँ तिहारको बीचमा संसदीय समितिका बैठकहरु गणपूरक संख्या पुगेको खण्डमा बस्ने जानकारी दिनुभयो ।