२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो



अ+ अ-

एजेन्सी । अक्टोबर ८, २०२३ देखिको इजरायली हवाई आक्रमणबाट लेबनानमा २ हजार ३०६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजार ६९८ जना घाइते भएका छन् । गाजापट्टीमा हमास र इजरायल बीचको युद्ध जारी रहँदा हिजबुल्लाह र इजरायली सेनाले लेबनान–इजरायल सीमामा गोलीबारी गर्दै आएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग लेबनानभर सघन हवाई आक्रमणहरू शुरु गरेको थियो ।