४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
अ+ अ-

खजुरा । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ ।

कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।

करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।

“बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ”,उहाँले भन्नुभयो, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन् । यहाँ पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन् । जसले धेरैलाई लोभ्याउने गरेको छ ।”

पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका लागि स्रोत नहुँदा सो कार्य हुन नसकेको बताउनुभयो ।

वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि प्रयाप्त नभएको बताउनुभयो ।

पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“यो ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक आम्दानीको स्रोत पनि बन्थ्यो तर हामीसँग आर्थिक स्रोत नभएकाले ठूलो लगानी गर्न सकेका छैनौँ । यसमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरेमा धेरै सहज हुन्थ्यो । अब त्यसका लागि पहल गर्छौं”, अध्यक्ष शाहीले भन्नुभयो ।