४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

झण्डै दुई तिहाईको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भयो : नेता सिंह

झण्डै दुई तिहाईको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भयो : नेता  सिंह
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको बताउनुभएको छ । 

पहिलो संविधानसभा देखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचार बाहेक केहीपनि दिन नसकेको बताउनुभयो । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधानसभामा जनताले म्यान्डेड दिएपनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरित अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको बताउनुभयो । 

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफुले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम काम समेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताउनुभयो ।

सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरेपनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताउनुभयो । यस्तै नेता सिंहले नेपाली कांग्रेस भित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताउनुभएको छ । पार्टी भित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागिपनि तोकिएको मितिमा नै महाधिवेसन गर्नुपर्ने बताउनुभयो । चारवर्षमा हुनुपर्ने महाधिवेसन एक वर्ष समय थप हुँदापनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महाधिवेसन गर्नका लागि गर्नुपर्ने तयारी केहीपनि नगरिएको उहाँले बताउनुभयो । यस्तै प्रजातान्त्रिक पार्टी भित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग समेत गर्नुभयो ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिग्यको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरुपनि सच्चिनुपर्ने बताउनुभयो ।