• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

महासचिब पौडेलको संयोजकत्वमा गठित कार्यदल सक्रिय बन्दै



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  शिर्ष नेताहरु विचको बिमति हल गर्ने उपाय खोज्न बिगतमा महासचिब बिष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रहल सुरु गरेको छ । कार्यदलका सदस्यहरुले स्थायी समितिको सर्बसम्मत निर्णयलाई आधार मानेर अघि बढ्न नेतृत्वलाई सुझाब दिने तयारी गरेको छ । 

सोममबार कार्यदलका संयोजक महासचिब बिष्णु पौडेल सहित सदस्यहरु शकर पोखरेल, भीम रावल , सुरेन्द्र पाण्डे बीच  छलफल भएको छ । आजको छलफलमा सदस्यहरु जनार्दन शर्मा र पम्पा भुषाल भने स्वास्थ्थका कारण देखाउदै नभएको एक नेताले जानकारी दिनुभयो । गत साउनमा  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सचिवालय ले महासचिब पौडेलको संयोजकत्वमा ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलको दिएको सुझाबलाई स्थायी समितिले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । पुन बिवाद बढ्दै गएपछि सनिबार अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल , बामदेब गौतम र नारायणकाजी श्रेष्ठले ४८ घण्टा भित्र बैठक बोलाउन माग गर्दै लिखित निबेदन पेश गर्नुभएको थियो । उहाँहरुले कार्यदलले दिएको प्रतिवेदन र स्थायी कमिटीको निर्णय कार्यान्वयनका  गर्न ४८ घण्टा भित्र  सचिवालय बैठक बोलाउन माग गर्नु भएको थियो । पाँच नेताले दिएको अल्टिमेटम आज सकिदैछ  ।