२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

निजामती कर्मचारी राखेर रेल चलाउने तयारी

निजामती कर्मचारी राखेर रेल चलाउने तयारी
अ अ+ अ-

काठमाडौँ । गत असोज २ मा जयनगर–जनकपुर खण्डमा सञ्चालनका लागि तामझामसाथ भारतबाट ल्याइएका दुई वटा रेल सेट कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् । दसैंलगत्तै कर्मचारी भर्ना प्रक्रिया टुंग्याएर रेल चलाउने भनिएको थियो । तर कर्मचारी भर्ना प्रक्रियाको टुंगो छैन ।

नेपाल रेलवे कम्पनीले भने कर्मचारी प्रक्रिया टुंगिए पनि कोभिड–१९ ले गर्दा बन्द रहेको बोर्डर नखुल्दासम्म रेल सञ्चालनमा नआउने बताएको छ । अहिले स्वीकृत दरबन्दी लोक सेवाबाट पूरा गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कर्मचारी मागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

‘तत्काल रेल चलाउन आवश्यक कर्मचारी माग गर्दै मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने, ‘प्राविधिक, प्रशासनिकलगायत कर्मचारी के–कति चाहिने सबै कुरा चिठीमा उल्लेख गरिएको छ ।’ मन्त्रालयमा ७० जना कर्मचारी माग गरिएको छ । चिठी पठाएको एक साताभन्दा बढी भयो ।

‘कतिपय निजामतीमा नभएका चाहिने पद पनि छन्, त्यस्ता पदका कर्मचारी संस्थागत करारमार्फत लिनेछौं,’ भट्टराईले भने, ‘यसका लागि सूचना नै निकालेर अघि बढ्नेछौं ।’ लोक सेवाबाट कर्मचारी भर्ना नगर्दासम्म आवश्यक एक सय कर्मचारी संस्थागत करारमार्फत लिइने उनको भनाइ छ । ‘लोक सेवाबाट कर्मचारी लिन समय लाग्ने भएकाले यसरी कर्मचारी व्यवस्थापन गर्न खोजिएको हो,’ उनले भने । रेल चलाउन आवश्यक २६ जना भारतीय प्रािवधिक ल्याउनेबारे पनि तयारी भइरहेको छ । आगामी शुक्रबार ज्वाइन्ट वर्किङ ग्रुपको बैठक भारतीय टोलीसँग गर्ने कार्यक्रम रहेकाले उक्त बैठकबाट धेरै कुरा क्लियर हुने महाप्रबन्धक भट्टराईको भनाइ छ । ‘मन्त्रालयबाट चाँडै कर्मचारी पाइयो भने रामनवमीबाट रेल चलाउने सोचमा छौं,’ उनले भने, ‘जसका लागि बोर्डर खुला हुनुपर्छ ।’ अहिले कोभिड–१९ को बढ्दो संक्रमणका कारण बोर्डर बन्द छ । बोर्डर नखुले रेल चलाउन नमिल्ने भट्टराईले बताए । नेपाल–भारत सीमा भएर रेल चल्ने भएकाले बोर्डर खुल्न आवश्यक छ । मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीमा भने लोक सेवामार्फत नै कर्मचारी राखिनेछ । अहिले सबै अस्थायी रूपमा कर्मचारी राखिनेछ ।

‘लोक सेवाको प्रक्रिया लामो हुने भएकै कारण मन्त्रालयबाट काजमा कर्मचारी ल्याउन खोजिएको हो,’ उनले भने, ‘नियमित प्रक्रियामार्फत कर्मचारी भर्ना भएपछि निजमातीबाट ल्याइएका कर्मचारी फिर्ता गरिनेछ ।’ मन्त्री र सचिव तहमा यसबारे छलफल भएको र कति कर्मचारी आवश्यक छन् भन्ने कुरा लिखित रूपमै प्रस्ट पारिसकिएको उनले सुनाए । गत भदौ २९ मा १ सय २९ कर्मचारीका लागि कम्पनीले विज्ञापन गरेको थियो । जसका लागि ३२ हजारले आवेदन दिएका थिए । यसको छिनोफानो लोक सेवामार्फत हुने महाप्रबन्धक भट्टराईले जानकारी दिए । प्राविधिक कर्मचारीका लागि इन्डियन रेलवेजसँग कुरा भइरहेको उनको भनाइ छ ।

माग भएअनुसार मन्त्रिपरिषद्बाट २ सय २६ जनाको दरबन्दी स्वीकृत भएको थियो । कर्मचारी नियुक्तिका लागि नेपाल रेलवे कम्पनीबाट आवश्यक प्रक्रिया थालिएको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । ‘हामीले मन्त्रालयमा दैनिक बुझिरहेका छौं, यसबारे वर्कआउटको काम भइरहेको छ,’ महाप्रबन्धक भट्टराईले भने । रेल चलेपछि १०र१० दिनमा मर्मत गर्नुपर्छ । मर्मत गर्न भारत नै लैजानुपर्छ । नेपालमा मर्मत गर्ने ठाउँ छैन । अहिले सप्लायर्सले नै आपसी समझदारीअनुसार थन्क्याएर राखेका रेलको प्राविधिक जाँच गरिरहेको छ ।

कर्मचारीको तयारी नहुँदै ल्याइएका रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । रेल बनाउने भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडका प्राविधिकले यसको प्राविधिक पक्ष नचलाउँदासम्म हेर्नेछन् । रेलवेसम्बन्धी कानुनसमेत जारी भइसकेको छैन । गत पुसमा रेलवेसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस भएको हो । राष्ट्रिय सभाको विधायन समितिमा रेलवेसम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि संसद् चलेको छैन । जसले गर्दा तुरुन्त विधेयक पास हुने छैन । अहिले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल चल्नेछ । थप १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेलवे लिक निर्माण हुनेछ । पछि महोत्तरीको बर्दिबाससम्म ६९ किमि नेटवर्क बन्नेछ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।