• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाउनुभएको हो । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”, उहाँले भन्नुभयो । 

नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ । कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसङ्घले जनाएको छ । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई विश्वविद्यालयले विभिन्न वहानामा शुल्क उठाउने काम जायज नभएको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले राखेका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।