७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस बलियो हुँदा राज्य बलियो हुन्छ: रासस अध्यक्ष



अ+ अ-

राँझा । राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर 'श्यामल' अधिकारीले रासस बलियो भए मात्र राज्य बलियो हुने बताएका छन्। “रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव परी राज्य बलियो बन्न सहयोग पुग्छ”, रासस नेपालगञ्ज कार्यालयको आज अवलोकन तथा अनुगमन गर्दै अध्यक्ष अधिकारीले भने,“रासससँग सबै मिडिया जोडिएको हुँदा सकारात्मक विषयलाई महत्व दिएर सम्प्रेषण गर्न आवश्यक छ ।”

अध्यक्ष अधिकारीले राससले सरकार र जनताबीचमा पुलको काम गरेको जनाउँदै राज्यलाई बलियो बनाउनका लागि निर्भीक र निडर भएर काम गर्न राससकर्मीसँग आग्रह गरे। समाजभित्रका विभेदविरुद्ध आवाज उठाएर आवाजविहीनको आवाज राससलाई बनाउनुपर्ने जनाउँदै उनले सोहीअनुसारका समाचारलाई प्राथमिकता दिनसमेत आग्रह गरे ।

राससका समाचार आधिकारिक र सन्तुलित हुने भएकाले यसको महत्व बढेको पनि उनले बताए । कर्णाली प्रदेश पुगेर काठमाडौँ फर्किने क्रममा रासस नेपालगञ्ज कार्यालयको अवलोकनमा आउनुभएका अध्यक्ष अधिकारीसँगै राससका मुख्य व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारीको सहभागिता  थियो ।