२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस



अ+ अ-

काठमाडाैँ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले योगाभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस अवसरमा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको बताउनुभयो । विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन पनि सुरु भइसकेको उहाँले जानकारी गराउनुभयो । योगको धेरै प्रचारप्रसार भए पनि जनमानसले धेरै फाइदा लिन नसकेकाले अब त्यसतर्फ लैजान जागरण सुरु भइसकेको मुख्यसचिव अर्यालले बताउनुभयो ।

मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वस्थ र निरोगिताका लागि नियमित रूपमा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । मानसिक रूपमा स्वस्थ रहेर समाज र राष्ट्रलाई पनि स्वस्थ बनाउन योगले सहयोग गर्ने उहाँको भनाइ थियो । जीवन विज्ञान नेपालका एलपी भानु शर्माले शारीरिक, मानसिक, आध्यात्मिक दुःख निवारणका साथै समृद्धिका माध्यमका रूपमा अघि बढाउनुपर्ने भनाइ राख्नुभयो । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले आरोग्य दिवसको घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो ।

अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

विसं २०३६ माघ १ गतेदेखि मुलुकमा योग दिवस मनाउन प्रारम्भ भएको हो । दशरथ रङ्गशालामा भएको आजको कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।