२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु



अ+ अ-

काठमाडाैँ । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो । उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन छ । सुरुङभित्र जलरोधक संरचना जडान गर्ने क्रममा भारी उपकरण खस्दा दुई कामदारको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट कामदार सुरुङभित्र वाटरप्रूफिङ जडानकार्यमा सङ्लग्न रहेको देखिएको छ ।

दुर्घटनापछि थाइल्याण्डको राज्य रेलवेले घटनास्थलमा दुई दिनका लागि निर्माणकार्य स्थगित गरेको छ । संरचनाको अवस्था निरीक्षण गर्न तथा दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ र सम्बन्धित निकायलाई परिचालन गरिएको जनाइएको छ ।