४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह

रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
अ+ अ-

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तथा पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनका अवसरमा प्रतिनिधिहरूलाई व्यक्ति, गुट र पदभन्दा विचार, संस्था र उद्देश्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले पार्टी स्थापना भएको पाँचौँ वर्ष प्रवेश गरेको तथा चौँथो वार्षिक उत्सव मनाइरहेको सन्दर्भमा शुभकामना व्यक्त गरेका छन्। उनले ठीक चार वर्षअघि आजकै दिन रास्वपा स्थापना गरिएको स्मरण गर्दै सुरुआती दिनमा पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकता संकलन गर्नसमेत संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्।

ढकालले छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्न सफल भएको भन्दै प्रारम्भिक संघर्षका दिनहरू पार्टीसँग जोडिएका सबै व्यक्तिको स्मृतिमा सधैँ जीवन्त रहने बताएका छन्।

प्रथम महाधिवेशन सुरु भइरहँदा आफू निम्तो सूचीमा समेत नरहेको उल्लेख गर्दै उनले भनेका छन्, “विडम्बना, पार्टीलाई ‘Fuc*’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।”

उनले आफू महाधिवेशन स्थल चितवनमा उपस्थित नभए पनि त्यसलाई ठूलो विषय नमान्न आग्रह गरेका छन्। राजनीतिमा व्यक्तिको भौतिक उपस्थितिभन्दा उसका विचार, मूल्य र सिद्धान्तको प्रभाव महत्वपूर्ण हुने उनको भनाइ छ।

“यदि मेरो एक मत नहुँदा पार्टीले सही दिशा निर्धारण गर्न नसक्ने हो भने म दुःखी हुने थिएँ। तर महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गर्छ भने मेरो मत पनि त्यही निर्णयमा रहने थियो,” उनले लेखेका छन्।

ढकालले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। को कुन पदमा विजयी वा पराजित भयो भन्नेभन्दा पार्टीले कुन राजनीतिक दिशा रोज्छ भन्ने विषय महत्वपूर्ण रहेको उनको धारणा छ।

उनले राजनीति र “राजव्यक्ति” बीचको भिन्नता स्पष्ट गर्दै राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस नै वास्तविक राजनीति भएको बताएका छन्।

प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, “व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस्। ‘राजव्यक्ति’ नगर्नुहोस्, ‘राजनीति’ गर्नुहोस्।”