२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बडादशैंको आज फूलपाती । देवी भगवती दुर्गाको पूजा आराधना गरी फूलपाती भित्र्याइँदै छ । आज देशभरका शक्तिपीठहरुमा देवीको पूजा अर्चना गर्नेहरुको भिड लागेको छ ।

काठमाडौंका भद्रकाली, नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, शंकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको घुइँचो छ ।

सरकारी कार्यालयहरु आजदेखि बिदा भएका छन् । मानिसहरु बिहानैदेखि शक्तिपीठमा पुगेर पूजाआराधना गरिरहेका छन् ।

यस पटकको महाष्टमी र महानवमी भने भोलि एकै दिन परेको छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। भोलि देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिने समेत गरिन्छ ।