३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली र दाहाल बिच बालुवाटारमा छलफल



अ+ अ-

काठमाडौ । अन्तरसंर्घषका कारण एक अर्का प्रति सम्बादहिनताको अबस्थामा रहेका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबिच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुबाटारमा भएको छलफलमा सचिवालयको बैठक बोलाउने तथा पार्टी भित्रको असन्तुष्टिका बारेमा छलफल भएको जनाईएको छ । आज बिहान स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खुमलटार पुगि अध्यक्ष दाहालसंग छलफल गर्नुभएको थियो ।

अध्यक्ष ओलीको सन्देश  बोकेर खुमलटार पुग्नभएका  पोखरेलले सम्बालहिनता तोड्दै दुई अध्यक्षलाई वार्तामा बस्ने वाताबरण मिलाउनु भएको थियो ।