• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

पार्टी मुख्यालय धुम्बराहीमा अध्यक्ष दाहाल सहित पाँच नेताको अनौपचारिक छलफल



काठमाडौं । सत्तारुढ नेकपाका पांच सचिवालय सदस्यहरु छलफलका लागि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहालले सचिवालयका सदस्यहरुलाई छलफका लागि बोलाएका थिए ।

अन्य सदस्यहरु संग छलफल गर्नुपूर्व दाहालले अर्का अध्यक्ष केपी ओली संग बालुवाटारमा छलफल गरेपछि अन्य सदस्यसंग छलफल गर्न पार्टी मुख्यालय पुगेका हुन् । अनौपचारिक भनिएको छलफलमा सचिवालय सदस्यहर  झलनाथ खनाल, माधवकुमार नेपाल,  वामदेव गौतम र  नारायणकाजी श्रेष्ठ सहभागि भएका थिए । अन्य सदस्यहरु अध्यक्ष ओली, महासचिब पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने छलफलमा सहभागि भएका छैनन्।

यस अघि शनिबार पनि पाँच नेताले पार्टी कार्यलयमा छलफल गर्दे सचिवालयको बैठक बोलाउन दुई पेज लामो पत्र सहित ४८ घण्टे अल्टिमेटम दिएका थिए । तोकिएको समय भित्र अध्यक्ष ओली बाट ठोस प्रस्ताब नआएपछि पाँच नेता पूनः नयाँँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।