२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन



अ+ अ-

काठमाडौँ । जनकपुरधाममा दशैँको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ ।

घटस्थापनाका दिनदेखि दशैँको सस्तो बजार शुरु गरिएको थियो । सुपथ मूलयमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ । दशैँ सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, श्रृंगारका सामान, घरेलु सामान, सजावटका सामग्रीका साथै खाद्यवस्तुहरु व्यापारीहरुले विक्री गर्दै आईरहेका छन् । जनकपुरधाममा दशैँको मेला वरपरका गाउँबाट आएकाहरु दैनिक उपभोग्य वस्तु खरिद गर्नकालागि पुग्ने गरेका छन् ।

जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपडाको स्टल लगाएका व्यापारी श्याम साहले बताउनु भयो । उहाँ प्रत्येक वर्ष दशैँ सस्तो बजारमा स्टल लगाउँदै आइरहनुभएको छ । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको बजार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रत्येक वर्ष सस्तो बजार लगाउने गरिएको बताउनु भयो । उहाँले आउने वर्षहरुमा दशैँमा मात्रै लाग्ने यो सस्तो बजार छठसम्म लगाउने गरी योजना बनाईरहेको जानकारी दिनुभयो । सस्ता बजारमा स्टल लगाएका पंकज केजरीवालले सस्तो बजारले आर्थिक रुपमा व्यापारीलाई केही हदसम्म सबल बनाउने बताउनु भयो । सस्तो बजारमा राम्रै व्यापार चलिरहेको बताउनु भयो ।

मा सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफू सस्तो बजारमा आएका उपभोक्ताहरुले बताए । यद्यपि खुद्रा सामान किन्न कठिनाई भइरहेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

दशैँको अवसरमा हरेक वर्ष जनकपुर धाममा सस्तो मेला लाग्ने गर्दछ ।