२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने



अ+ अ-

काठमाडौँ । हिमालय एयरलायन्सले पोखरा र भैरहवामा पनि उडान गर्ने भएको छ ।

निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि हिमालयले पोखरा र भैरहवामा उडान गर्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्न लागेको हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताए । उनले भने, ‘यदि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सलाई अनुमति जारी गर्छ भने हामी उडान भर्न सकारात्मक छौं।’

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ पठाउन लागेको जनाएको छ ।

असोज ११ र १२ गते आएको भरी बर्षापछिको बाढी पहिरोले राजमार्गहरु अवरोध भएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए । ‘नेपाल वायुसेवा निगमले आइतबार उडान अनुमतिका लागि प्राधिकरणमा पहल गरिसकेको छ । अनुमति प्राप्त हुनेबित्तिकै निगमको भैरहवा उडानको टिकट विक्री खुल्दै छ । हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको छ’, उनले भने ।