४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा समुद्र हो, समुद्रमा छाल आयो भन्दैमा आत्तिनु हुँदैन- मन्त्री भट्टराई

नेकपा समुद्र हो, समुद्रमा छाल आयो भन्दैमा आत्तिनु हुँदैन- मन्त्री भट्टराई
फाईल फोटो
अ+ अ-

फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्  । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाए ।

(तस्बिरः हेमराज निरौला)

उनले भने, “नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा  आत्तिनु हुँदैन ।” पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्राईले आग्रह गरे । नेताहरुले आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने धारणा उनले राखे । उनले पार्टी एकता कायम गर्नका लागि  जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। 

मापसे परीक्षण यन्त्र पठाइने
 मन्त्र भट्टराईले विद्यालय व्यवस्थापन तथा प्रभावकारी शिक्षण सिकाइका लागि आफ्नै खर्चबाट शिक्षकलाई मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने यन्त्र खरीद गरेर पठाइने बताएका छन् ।  मैवाखोला गाउँपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले  शिक्षक नियमित रुपमा विद्यालय नआउने र आए पनि  समयमै नआउने तथा मापसे गरेर  आउने गुनासो आएको  बताउँदै भने, “यदि मापसे परीक्षण गर्ने उपकरण भए विद्यालय सुधार आउँछ भने म आफ्नै खर्चबाट मापसे चेक गर्ने मेशिन खरीद गरेर पठाइदिन्छु ।” उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता राख्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।

(तस्बिरः हेमराज निरौला)
     
मन्त्री भट्टराईले सबै वडामा दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन पुर्याइने प्रतिबद्धतासमेत जाहेर गरे । उनले प्रत्येक गाउँपालिकामा एउटा खेल मैदान निर्माणका लागि जग्गा तयार गरिएमा बजेटको  आवश्यक पहल गरिने आश्वासन दिए । मन्त्री भट्टराई गत शनिबार देखि पालिकास्तरीय कार्यक्रम लिएर गृह जिल्ला ताप्लेजुङमा छन् ।