२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री गर्ने



अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै विक्री शुरु गरेको हो ।

खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताउनु भयो । उहाँले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताउनु भयो । उहाँले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसीबोका विक्री गरेको जानकारी दिनुभयो । उहाँले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताउनु भयो । उहाँले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८१ सालको दशैँलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष हामीले आजदेखि यो खसी, बोका र च्याङ्ग्रा विक्री शुरु गरेका छौँ । खसी, बोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रम हो । जसमध्ये अहिले हामीले ६८६ खसी, बोका र च्याङ्ग्रा गरेर प्राप्त गरिसकेका छौँ । च्याङ्ग्रा हामीले मुस्ताङबाट ल्याएका छौँ । खसी,बोका, नवलपुर, हेटौँडा र दाङबाट ल्याएका छौँ । बाटोको अवस्था त्यति सहज छैन, कार्यक्रम मात्रै जाँदा समस्या सिर्जना हुन्छ । त्यसैले बाटोको असहज परिस्थितिका कारणले केही कम मगाएका छौँ । अघिल्लो वर्ष हामीले ५४२ वटा च्याङ्ग्रा, १६०२ खसी, बोका विक्री गरेका थियौँ । गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तो छ । च्याङ्ग्रामा ३० रुपैयाँ सस्तो दिएका छौँ । मूल्यमा माग र आपूर्तिले पनि फरक पार्छ । हामी नाफा कमाउने उद्देश्यले स्थापित भएको कम्पनी होइन । यस वर्ष खसी बोकाको ६७० मूल्य निर्धारण गरेका छौँ, त्यसमा १० रुपैयाँ प्रतिकेजी छुट दिएर ६६० मा उपलब्ध गराएका छौँ । च्याङ्ग्राका १२३० रुपैयाँ कायम गर्‍यौँ । त्यसमा १० रुपैयाँ छुट दिएर उपभोक्तलाई प्रतिकेजी १२२० मा उपलब्ध गराइरहेका छौँ । स्वस्थ छ भने हामी सिङमा हरियो रङ लगाएका छौँ, त्यसपछि मात्रै विक्री वितरण गर्दछौँ । यहाँबाट हामीले एक जनालाई एउटा भन्दा बढी उपलब्ध गराइरहेका छैनौँ ।’

उहाँले कम्पनीले स्वस्थ खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसिबोकालाई हरियो रङ लगाएको बताउनु भयो । एक जनालाई एउटा भन्दा बढी उपलब्ध नगराइएको बताउनु भयो । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर विक्री गर्ने गर्छ । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।