५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुले सिकागो म्याराथनमा दौड्ने



अ+ अ-

काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन् । उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए । उनले सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन् । शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन् ।

उनले कठिन मानिने घरेलु म्याराथन एभरेष्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि सहभागिता जनाइसकेका छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक वैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एन चन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट शुम्भले दौड्न सुरु गरेका थिए । सिप्रदी ट्रेडिङ प्रा.लि. का निर्देशक शम्भु सिप्रदीकै पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनी विगत ३२ वर्षदेखि सिप्रदीमा आबद्ध छन् ।

उनलाई सफलताको शुभकामना दिदै सोल्टी नेपाल क्लबले शनिबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्‍यो । मार्सल आर्ट्स पृष्ठभूमिका सोल्टी नेपाल क्लबका अध्यक्ष दमन बस्नेत, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनाल, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे र क्लबका सदस्यले बिदाइ गरे ।

कार्यक्रममा अध्यक्ष बस्नेतले पाको उमेरमा पनि फुल म्याराथनमा सहभागी हुन लागेका शम्भुको साहसको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धरले पनि शम्भुको साहसको कदर गर्दै मानिसले चाहेको खण्डमा उमेर बाधक नहुने धारणा व्यक्त गरे ।