१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह र भुटानी राजाबीच भेट



अ+ अ-

काठमाडौँ । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका राजा जिग्मे खेसर नामग्यालसँग भेट गर्नुभएको छ ।

पूर्वराजा शाहले भूटानका निबर्तमान राजा जिग्मे सिग्मे वांनचुक बिच डेचेन छोलिंग राजप्रसादमा भेटवार्ता गर्नुभएको थियो । बिहीबार भुटान प्रस्थान गर्नुभएको पूर्वराजा शाहले आज राजपरिवारका सदस्यहरुसंग शिष्टाचार भेट गर्नुभएको हो ।

पूर्वराजा शाह ५ सदस्यीय टोलीसहित भुटानको भ्रमणमा निस्कनुभएको थियो ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि हुनुहुन्छ । यस्तै, पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा हुनुहुन्छ ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट जानुभएको पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुग्नुभएको थियो ।