१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु



अ+ अ-

काठमाडौँ । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

विश्वलाई शान्तिमय बनाउने मुल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल शुरु गरिएको हो । विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरु सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘करिव १०, १२ देशका भारत, चीन, अमेरिका, त्यसैगरी पाकिस्तान, संयुक्त अरव ईमिरेट्स, क्यानडा, हङकङ विभिन्न ठाउँका सभ्यतालाई एउटा शान्तिको द्वारको रुपमा, एउटा शान्तिको मार्गको रुपमा प्रश्तुत गर्नका लागि सभ्यतालाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आज हामी छलफल गरिरहेका छौं । सभ्यता भनेको भिड्ने चिज होइन, जुट्न सकिन्छ सभ्यतामार्फत भन्ने सन्देश पनि यहाँ दिन खोजिएको हो ।’

भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रवारबाट काठमाडौं शुरु भएको छ । शनिवार र आईतवार (भोलि र पर्सी) भने सो सम्मेलन नगरकोटमा आयोजना हुनेछ । सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ । अनुसन्धानकर्ता डा तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पतीको रुपमा अघि बढाइने लक्ष्य लिइएको बताउनु भयो ।