२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सडक सञ्जाल विच्छेद भएका कारण विपी राजमार्गमा सयौँ सवारी साधनहरु फसेर बसेका र सवारी साधनका चालक र सहचालकहरु समेत अलपत्र परेका भन्दै सरकारले उनीहरुको उद्धारका लागि काम गरिरहेको बताउनु भयो ।

उहाँले विपी राजमार्ग दशैँ अगाडी खुलाउन नसकिने निस्कर्ष सरकारको रहेको स्पष्ट पार्नुभयो । उहाँले देशभरको विपद्मा परेका नागरिकहरुको उद्धारमा सरकार लागिरहेको बताउनु भयो । सडक विभागले नेपाली सेनाको तरिकामा काम गरिरहेको भन्दै उहाँले विदाको बेलामा पनि विभागका कर्मचारीहरु विभिन्न उपकरणहरु लिएर काम गरिरहेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विपी राजमार्गको कुराको सन्दर्भमा कुनै उपाय गरेर गर्नुपर्छ भनेर जोड दिनुभएको छ । हामी त्यसमा लागिराखेका छौँ । खोला बाटै डाइभर्सन खोल्ने हो । १२ किलोमिटर त नामो निसानै छैन बाटो नै बगाएको छ । भित्तो खनेर बाटो निकाल्दा पनि बगिहाल्ने रहेछ । दुई उपाय छन्, १२ किमी नै पुल बनाउने । बाटो बनायो लगिहाल्छ । तर त्यो भन्दा कम खर्चमा के गर्ने त भन्दा खोला तलबाट वाल उठाएर ल्याउनुपर्ने हुन्छ बाटो खन्नका लागि । त्यसको लागि त समय लाग्छ । त्यसअघि खोलामै पानीको बहाव कम भइसकेपछि पहिलो नम्बरमा ति गाडीहरुलाई उद्धार गर्ने ।

त्यसपछाडी क्रमश: गाडी सञ्चालन गर्नका लागि कोशिस गर्नुपर्छ भन्ने लागेको छ । हाम्रो निष्कर्ष के हो भने दशैँ अगाडी हामी त्यो सुचारु गर्न सक्दैनौँ । गाडीहरु उद्धार गर्न चाहीँ अनवरत जारी राख्छौँ काम । उद्धारको कुरामा सरकार शुन्य नम्बरमा गएको होइन । शुन्य नम्बर दिनु हुँदैन । यो सरकारलाई तपाईहरुले नम्बर दिनुपर्छ । किनभने धेरै कामहरु हामीले गरेका छौँ । नगरेको होइन । दोष मात्रै दिएर हुँदैन । हाम्रो सडक विभाग आर्मि स्टाइलको छ । अलर्ट भएर खट्छ । दसैको बेलामा पनि, बिदाका बेलामा पनि सडक विभागका कर्मचारीहरु डोजर लिएर, हेवी इक्युपमेन्ट लिएर खट्नुहुन्छ ।’

बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले अवरुद्ध राजमार्गहरु खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले अवरुद्ध रहेका पाँच राजमार्गहरुमध्ये अरनिको राजमार्ग अन्तर्गतको लार्चा–कोदारी खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गतको दोलालघाट–राकथुम खण्ड, कान्ति राजपथ अन्तर्गतको घपेली–बगुवा खण्ड, मेची राजमार्ग अन्तर्गतको रमिते–फिदिम खण्डमा काम भइरहेकोले आईतवारसम्म पूर्णरुपमा खुल्ने बताउनु भयो ।

उहाँले पनि सरोकारवाला निकायका कर्मचारीहरु अहोरात्र खटिरहेका बताउनु भयो ।