१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

हिउँको सेतो तन्नाले ढाकेको विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा, तापक्रम माइनस २ डिग्री पुग्यो

हिउँको सेतो तन्नाले ढाकेको विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा, तापक्रम माइनस २ डिग्री पुग्यो
अ अ+ अ-

अल्जियर्स । विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा आफ्नो कीर्तिमान तोड्ने गर्मीका लागि परिचित छ। धेरै दिनपछि अब सहारा मरुभूमिमा दुर्लभ दृश्य देखिएको छ । यस मरुभूमिमा धेरै हिउँ परेको छ र तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको छ । मरुभूमिमा बालुवाका कणहरू हिउँले ढाकिएका छन्। गर्मीमा यहाँको तापक्रम ५८ डिग्री सेल्सियससम्म पुग्छ।

प्रसिद्ध फोटोग्राफर करिम बुचेटाले सहारा मरुभूमिको यो अचम्मको घटनालाई आफ्नो क्यामेरामा कैद गरेका छन् । यी तस्विरमा जनवरी १८ मा अफ्रिकी देश अल्जेरियाको आइन सेफ्रा क्षेत्रमा बालुवामा ठूलो हिउँ देखिन्छ। हिउँले ढाकिएको मरुभूमि अचम्मको देखिन्छ। यो क्षेत्रको मरुभूमिमा पछिल्लो ४८ वर्षमा पाँचौँ पटक हिउँ जमेको हो । यसअघि सन् १९७९, २०१६, २०१८ र २०२१ मा हिमपात भएको थियो ।

अल्जेरियाको आइन सेफ्रा क्षेत्रलाई सहारा मरुभूमिको प्रवेशद्वार भनिन्छ। यो स्थान समुद्र सतहबाट तीन हजार फिटको उचाइमा अवस्थित छ । चारैतिर एटलस पर्वतहरू अवस्थित छन्। सहारा मरुभूमि अफ्रिका महादेशको उत्तरी भागमा फैलिएको छ। हजारौँ वर्षदेखि यहाँको तापक्रम र आर्द्रतामा धेरै परिवर्तन भएको छ। अहिले सहारा मरुभूमि निकै सुक्खा भए पनि आगामी १५ हजार वर्षमा फेरि हरियाली बन्ने अनुमान छ ।

अघिल्लो वर्ष उत्तर अफ्रिकामा कडा जाडो थियो र मरुभूमिको जहाज भनेर चिनिने ऊँटहरू हिउँले घेरिएका थिए। यसअघि मरुभूमि र चर्को गर्मीका लागि प्रख्यात साउदी अरबमा वर्षको पहिलो दिन हिउँ परेको थियो र मानिसहरुलाई अचम्मित बनाएको थियो ।

 

 

मरुभूमिको सुनौलो बालुवामा हिउँको सेतो तन्ना माइल टाढासम्म फैलिएको देखिएको थियो । साउदी अरेबियाको उत्तर–पश्चिमी सहरमा प्रकृतिको यो अनौठो खेलको स्थानीय बासिन्दाले रमाइलो गरेका थिए । गत वर्ष फेब्रुअरीमा पनि यस क्षेत्रमा भारी हिमपात भएको थियो । त्यसपछि हिमपातले पछिल्लो ५० वर्षको कीर्तिमान तोड्यो ।

साउदी अरबको उत्तरी क्षेत्रमा धेरै पहाडहरू छन्। जबल अल–लज, जबल अल–ताहिर र जबल अलकान पहाड पूर्णरूपमा हिउँले ढाकिएको छ। जबल अल लज पर्वत २६०० मिटर अग्लो छ र यसलाई आलमण्ड (बदाम) पर्वत पनि भनिन्छ।

यस पहाडको भिरालोमा धेरै बदामका बगैँचा छन् । यस क्षेत्रमा हरेक वर्ष विभिन्न मौसममा हिमपात हुने गरेको छ । ताबुकको क्षेत्र जोर्डनको छेउमा छ। यस क्षेत्रमा हिउँ पग्लिएपछि यहाँको सुन्दर दृश्य पनि देख्न सकिन्छ । फोटो सौजन्य– बिबिसी