८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
A firefighting helicopter drops water over the Hughes Fire in Castaic, a northwestern neighborhood of Los Angeles County, California, on January 23, 2025. The newly emerged Hughes Fire continued to grow overnight, and by January 23 had consumed 10,000 acres (4,050 hectares), but its rate of growth had slowed considerably after an explosive first few hours. A massive response involving aircraft, bulldozers and 4,000 personnel had swung into action as flames raced across hillsides in Castaic, 35 miles (56 km) north of Los Angeles. Around 31,000 people were ordered to flee their homes, heaping misery on a region already reeling from the two deadly fires that ripped through America's second biggest city this month. (Photo by Apu GOMES / AFP)
अ अ+ अ-

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।

भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८ः३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो ।

भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयअनुसार बिहान १०ः३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन् ।

हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् ।

भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।”

उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्।

अधिकारीहरूले क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई पनि खाली गर्न आदेश जारी गरेका छन्।

विश्वविद्यालयको परिसरको छेउमा अवस्थित एक आवासीय समुदाय र ‘राउन्ड माउन्टेन÷सतविवामा आगलागी भएको खबर आएको छ र क्याम्पस र वस्तीलाई खाली गर्न आदेश दिइएको छ ।

अधिकारीहरूले आपतकालीन चेतावनी खिँदै भनेका छन्, “कृपया क्याम्पस परिसर र युनिभर्सिटी ग्लेन÷एन्कापा क्यान्यन तुरुन्तै खाली गर्न शुरू गर्नुहोस् ।”