• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

हिउँको सेतो तन्नाले ढाकेको विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा, तापक्रम माइनस २ डिग्री पुग्यो



अल्जियर्स । विश्वको सबैभन्दा ठूलो मरुभूमि सहारा आफ्नो कीर्तिमान तोड्ने गर्मीका लागि परिचित छ। धेरै दिनपछि अब सहारा मरुभूमिमा दुर्लभ दृश्य देखिएको छ । यस मरुभूमिमा धेरै हिउँ परेको छ र तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको छ । मरुभूमिमा बालुवाका कणहरू हिउँले ढाकिएका छन्। गर्मीमा यहाँको तापक्रम ५८ डिग्री सेल्सियससम्म पुग्छ।

प्रसिद्ध फोटोग्राफर करिम बुचेटाले सहारा मरुभूमिको यो अचम्मको घटनालाई आफ्नो क्यामेरामा कैद गरेका छन् । यी तस्विरमा जनवरी १८ मा अफ्रिकी देश अल्जेरियाको आइन सेफ्रा क्षेत्रमा बालुवामा ठूलो हिउँ देखिन्छ। हिउँले ढाकिएको मरुभूमि अचम्मको देखिन्छ। यो क्षेत्रको मरुभूमिमा पछिल्लो ४८ वर्षमा पाँचौँ पटक हिउँ जमेको हो । यसअघि सन् १९७९, २०१६, २०१८ र २०२१ मा हिमपात भएको थियो ।

अल्जेरियाको आइन सेफ्रा क्षेत्रलाई सहारा मरुभूमिको प्रवेशद्वार भनिन्छ। यो स्थान समुद्र सतहबाट तीन हजार फिटको उचाइमा अवस्थित छ । चारैतिर एटलस पर्वतहरू अवस्थित छन्। सहारा मरुभूमि अफ्रिका महादेशको उत्तरी भागमा फैलिएको छ। हजारौँ वर्षदेखि यहाँको तापक्रम र आर्द्रतामा धेरै परिवर्तन भएको छ। अहिले सहारा मरुभूमि निकै सुक्खा भए पनि आगामी १५ हजार वर्षमा फेरि हरियाली बन्ने अनुमान छ ।

अघिल्लो वर्ष उत्तर अफ्रिकामा कडा जाडो थियो र मरुभूमिको जहाज भनेर चिनिने ऊँटहरू हिउँले घेरिएका थिए। यसअघि मरुभूमि र चर्को गर्मीका लागि प्रख्यात साउदी अरबमा वर्षको पहिलो दिन हिउँ परेको थियो र मानिसहरुलाई अचम्मित बनाएको थियो ।

 

 

मरुभूमिको सुनौलो बालुवामा हिउँको सेतो तन्ना माइल टाढासम्म फैलिएको देखिएको थियो । साउदी अरेबियाको उत्तर–पश्चिमी सहरमा प्रकृतिको यो अनौठो खेलको स्थानीय बासिन्दाले रमाइलो गरेका थिए । गत वर्ष फेब्रुअरीमा पनि यस क्षेत्रमा भारी हिमपात भएको थियो । त्यसपछि हिमपातले पछिल्लो ५० वर्षको कीर्तिमान तोड्यो ।

साउदी अरबको उत्तरी क्षेत्रमा धेरै पहाडहरू छन्। जबल अल–लज, जबल अल–ताहिर र जबल अलकान पहाड पूर्णरूपमा हिउँले ढाकिएको छ। जबल अल लज पर्वत २६०० मिटर अग्लो छ र यसलाई आलमण्ड (बदाम) पर्वत पनि भनिन्छ।

यस पहाडको भिरालोमा धेरै बदामका बगैँचा छन् । यस क्षेत्रमा हरेक वर्ष विभिन्न मौसममा हिमपात हुने गरेको छ । ताबुकको क्षेत्र जोर्डनको छेउमा छ। यस क्षेत्रमा हिउँ पग्लिएपछि यहाँको सुन्दर दृश्य पनि देख्न सकिन्छ । फोटो सौजन्य– बिबिसी