१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो

मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो
अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताउनुभएको छ ।

मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको बताउनुभएको हो । उहाँले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको बताउनु भयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताउनु भयो । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताउनु भयो ।

उहाँले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताउनु भयो । उहाँले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले वाध्यतावस संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चालाइरहेको जिकिर गर्नुभयो । उहाँले मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी समेत गर्नुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयतालाई मजबुत बनाउनका लागि प्रदेश सरकारलाई बयिलयो बनाउनुपर्छ । प्रादेशिक सरकारलाई केन्द्रिय सरकारबाट नियतवस हक हस्तान्तरण भइरहेको छैन भन्ने सवालमा मधेस प्रदेश मात्र होइन सातवटै प्रदेशले एकस्वरमा आवाज उठाइरहेका छन् । हिजोको दिनमा मधेस प्रदेशको आन्दोलनको कारणले संघीयता आएको हो । संघीयताको सर्जक मधेस नै हो तर आज यो सबैको स्वामित्वमा आइसकेको छ । सातवटै प्रदेशका संरचनाहरु अहिले संघीयताको पक्षमा बलियो भएर उभिएका छन् । सातवटै प्रदेशको एकश्वरमा गुनासो छ, संघ सरकारले खुट्टा हिच्किचाइरहेको छ । संघ सरकार अहिले पनि एकात्मक सोचबाट संघ सरकार माथि उठिरहेको अवस्था छैन । यसमा सन्दर्भमा मधेस मात्र होइन सबै प्रदेशले समान रुपमा आवाज उठाइरहेको अवस्था छ ।

संविधानले प्रदेशको शासनको सवालमा प्रष्ट व्यवस्था गरेको छ । प्रदेशको शासन नियन्त्रण प्रदेश सरकारमा रहने भन्ने कुरा संविधानले प्रष्ट पारिदिएको छ । अर्थात प्रदेशको शासन व्यवस्था नै प्रदेश सरकारको नियन्त्रणमा रहने संविधानको ग्यारेन्टी छ । यसलाई कार्यान्वयन गर्नको लागि प्रदेशको प्रहरी हुने व्यवस्था गरेको छ । संविधानले प्रदेशको शासन व्यवस्था प्रदेशको नियन्त्रणमा रहने भनेको छ । प्रदेशले प्रहरी ऐन पनि बनाइसकेको छ । र संघले प्रदेश प्रहरीलाई समायोजन गर्ने जुन ऐन बनाएको छ । ६ वर्षसम्म पनि त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । त्यसपछि सिडिओहरुलाई अहिलेसम्म पनि संघकै नियन्त्रणमा राखेको अवस्था छ । प्रदेशलाई हस्तान्तरण गर्न नसकिरहेको अवस्थामा किन होला भनेर विचार गर्दा वाध्यतामा संघीयतालाई स्विकार गरियो । तर मानसिक रुपमा अहिले पनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट यो देश चलिरहेको छ । देश चलाइरहेको राजनीतिक दलहरुको मानसिकता अहिले पनि एकात्मक छ । प्रहरीको मानसिकता पनि एकतात्मक छ । र नेपाल सरकार हाँक्ने निजामती प्रशासन पनि एकात्मक माइन्डसेटबाट काम गरिरहेको छ ।’

उहाँले संघीय निजामति ऐनले प्रदेशको निजामती ऐनलाई छुन नसक्ने उहाँको भनाइ छ ।