२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदेवी मन्दिर डुबानमा



अ+ अ-

जलेश्वर । यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ ।

मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताउनुभयो । पानीले माताको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिनुभयो ।

पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताउनुभयो । उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।

पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दसैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गर्नुभयो ।

राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।